काठमाडौं, २२ अक्टोबर २०२५ — रोयल एनफिल्ड नेपालको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा. लि. ले लोकप्रिय कमेडियन तथा सार्वजनिक व्यक्तित्व सन्दीप चेत्रीलाई ब्रान्डको नयाँ आधिकारिक ‘फेस अफ रोयल एनफिल्ड’ नियुक्त गरेको छ। कम्पनीले यो साझेदारी परम्परागत विपणनभन्दा पर गई साझा मूल्यमान्यता र नेपालमा मोटरसाइकलिङको भविष्यको लागि साझा दृष्टिकोणमा आधारित भएको बताएको छ।
सन्दीप चेत्री दुई दशकदेखि नेपाली कला, मनोरञ्जन र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। अल्फा अटोमोटिभले यो सहकार्यलाई ‘साझा मूल्य र दृष्टिकोणमा आधारित यात्राको सुरुवात’ भनी व्याख्या गरेको छ। कम्पनीले चेत्रीको व्यापक प्रभावको माध्यमबाट रोयल एनफिल्डको विरासत, शैली र भावना नेपाली जनतासम्म अझ प्रभावकारी रूपमा पुर्याउने अपेक्षा व्यक्त गरेको छ।
यो साझेदारीका प्रमुख उद्देश्यहरूमा आन्तरिक पर्यटन प्रवद्र्धन, सडक सुरक्षा र ट्राफिक नियम पालनाको सन्देश प्रसारण रहेको छ। कम्पनीले यो सहकार्यले युवा पुस्तासँग झन् बलियो सम्बन्ध कायम गर्न मद्दत गर्ने आशा व्यक्त गरेको छ। सन्दीप चेत्रीको साधारण, साहसिक र सम्मानित व्यक्तित्व रोयल एनफिल्ड ब्रान्डको स्वतन्त्रता, विश्वास र अन्वेषणको मूल भावनासँग मेल खान्छ। उनको हास्य र स्पष्टताको साथ जटिल विचारहरू सञ्चार गर्ने क्षमताले ब्रान्डको सन्देश नेपाली युवा र मोटरसाइकल प्रेमीहरूसम्म पुर्याउने अपेक्षा छ।